मङ्लबार, बैशाख ११, २०८१

प्रम देउवाले १ देखि भाद्र ५ सम्म भारतको राजकीय भ्रमण गर्ने

काठमाडौ श्रावण २० ,  प्रधानमन्त्री शेरबहादुर देउवाले १ देखि ५ भदौसम्म भारतको राजकीय भ्रमण गर्ने तय भएको छ । नेपाल र भारतको कूटनीतिकस्तरमा यो Captureमिति टुंगिएको हो । केही दिनभित्रै औपचारिक मिति घोषणा हुने भारतीय कूटनीतिक स्रोतलाइ उदृत गर्दै आजको नयाँ पत्रिकामा समाचार प्रकाशित रहेको छ ।

प्रकाशित खवरमा ‘प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमण १ देखि ५ भदौसम्म हुने गरी हामी गृहकार्य गरिरहेका छौँ, नेपाली पक्षसँग कुराकानी गरेर चाँडै नै औपचारिक घोषणा गर्छौं,’ भारतीय कूटनीतिक स्रोतले नयाँ दिल्लीबाट टेलिफोनमा भन्यो । अहिलेको तयारीअनुसार प्रधानमन्त्री देउवा १ भदौमा दिल्ली गएर ५ भदौमा स्वदेश फर्किनेछन् । उनले २ भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दसहित उच्च भारतीय नेतासँग भेटवार्ता गर्ने गरी तयारी हुनुको अलावा प्रधानमन्त्री देउवा आन्ध्र प्रदेश जाने विषयमा छलफल भए पनि टुंगिन बाँकी रहेको स्रोतले बतायो ।