शुक्रबार, बैशाख १४, २०८१

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू

काठमाडौं भाद्र १५ , निर्वाचन आयोगले आसन्न मंसिर १० र २१ मा गरी दुई चरणमा सम्पन्न हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधवारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।  निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन ऐनले दिएको अधिकार 870880256प्रयोग गरी बुधवार देखि देखि निर्वाचन आचारसंहिता, २०७२ लागू गर्ने निर्णय गरेको हो ।

प्रस्तुत निर्वाचन आचारसंहिता सरकार, मन्त्री, सुरक्षा निकाय, स्थानीय निकाय÷तह, सरकारी तथा अर्धसरकारी, सार्वजनिक संस्थानका कार्यालय तथा सार्वजनिक पद धारण गरेका व्यक्ति र कर्मचारीलाई लागू हुनेछ । त्यस्तै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुनेको हकमा भने यो आचारसंहिता मनोनयन दर्ता भएको मितिदेखि लागू हुने आयोगले जनाएको छ ।