बुधबार, बैशाख ५, २०८१

प्रतिफल प्राप्त हुने गरी काम गर्न मन्त्री साहको निर्देशन

Captureभक्तपुर श्रावण १८ सहरी विकास मन्त्री प्रभु साहले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका आयोजना तथा डिभिजन प्रमुखहरुलाई प्रतिफल प्राप्त हुनेगरी कार्य गर्न निर्देशन दिनुभएको छ । भक्तपुरको नगरकोटमा बुधबार सुरु भएको आ.व. २०७३/७४ वार्षिक प्रगति समीक्षा तथा आ.व. २०७४/७५ को कार्यक्रम कार्यान्वयन सम्बन्धी गोष्ठिलाइ सम्बोधन गर्दै मन्त्री साहले यस्तो निर्देशन दिनु भएको हो ।

सम्बोधनको क्रममा मन्त्री शाहले विचार गोष्ठि भेटघाटका लागि मात्र हुन नहुने भन्दै यसले विकासका कार्यमा भइरहेका ढिलासुस्ती रोक्न सफल हुनुपर्नेमा  जोड दिनुको अलावा   अब सोलोढोलो र घुमाउरो कुरा गरेर काम गर्न प्रवृतिको अन्त्य गर्नुपर्ने बताउँनु भएको छ ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरी शर्मा सहरी विकास मन्त्रालयका सह सचिव सम्भु केसीले लगायतले पनि वोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031