बिहिबार, चैत्र १५, २०८०

पत्रकारका समस्याप्रति सचेत छु : मन्त्री बस्नेत

  Anup_20170801_252काठमाडौ श्रावण १७, नेपाल पत्रकार महासंघले नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त Anup_20170801_258गरेको छ । महासंघको सभाहलमा आज आयोजित औपचारिक कार्यक्रममा नवनियुक्त सूचना तथा सञ्चारमन्त्री बस्नेतलाई महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।  कार्यक्रममा नव नियुक्त सूचना तथा सञ्चारमन्त्री बस्नेतले पत्रकार महासंघलाई धन्यबाद व्यक्त गर्दै आफ्नो कार्यकालमा सञ्चारमैत्री वातावरण निर्माण गर्न क्रियाशील रहने बताउनु भयो । उहाँले आफु पत्रकारका समस्याप्रति सचेत रहेको बताउदै ‘क्लीन फिड’ नीतिको विषयमा मन्त्रलायमा छलफल गर्ने बताउँदै विगत र हालको पत्रकारितामा परिवर्तन आएको भन्दै पत्रकारको प्रशिक्षण र पुरस्कारको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष डा.विष्टले पत्रकारका पेशागत तथा भौतिक असुरक्षाका विषयमा अवगत गराउँदै विभिन्न समयमा मारिएका पत्रकारका परिवारले हालसम्म न्याय नपाएको मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले राष्ट्रिय आमसञ्चार नीति २०७३ ले सञ्चार प्रतिष्ठान, क्लीन फिड नीतिलगायत सञ्चार क्षेत्रको विकासको परिकल्पना गरेको भन्दै त्यसको पूर्ण कार्यान्वयन गर्न र मिडिया स्वामित्वको विषयमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो ।

प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालले मन्त्री बस्नेतलाई शुभकामना र कार्यसफलताको कामना व्यक्त गर्नु भएको उक्त कार्यक्रममा सूचना विभागका महानिर्देशक वीरबहादुर राई, गोरखापत्र संथानका अध्यक्ष गोविन्द पोखरेल, महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारी, अनिता विन्दु लगायत सञ्चार सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।