शनिबार, बैशाख ८, २०८१

न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सरकार प्रतिवद्ध : सञ्चार मन्त्री बस्नेत

काठमाडौं  श्रावण २८,  नेपाल प्रेस युनियन, उपत्यका समन्वय समितिद्दारा आज राजधानीमा आयोजित युनियन उपत्यकास्तरीय भेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि स्वयम सञ्चारकर्मी सञ्चारगृह गतिशिल हुनुपर्र्नेमा जोड दिनु भएको छ ।
IMG_20170812_111731त्यस्तै उहाँले त्यस अवसरमा सरकार यसको लागि प्रतिबद्ध रहेको जनाउ समेत दिनु भएको थियो ।

  कार्यक्रममा  पत्रकार महासंघका पूर्व  अध्यक्ष   धमेन्द्र झा  नेपाल प्रेस युनियनका सभापति बद्री  सिग्देल  , महासचि अजयवावु सिवाकोटी,   सल्लाहकार शिव लम्साल,   युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष   दामोदर दवादी, न्यूनतम पारिश्रमिकनिर्धारण समितिका  निर्वतमान  अध्यक्ष पोषण केसी     लगायतकावक्ताले पत्रकार महासंघको  आसन्न महाधिवेशन लगायतका  विषयमा  आफ्नो अभिमत प्रस्तुत गर्नु भएको  थियो ।