शनिबार, बैशाख ८, २०८१

नेपाः राष्ट्रिय पार्टीको दोश्रो महाधिवेशन सम्पन्न

काठमाडौ श्रावण २९,  विजय सैंजुलाई अध्यक्षमा चयन गर्दै नेपाः राष्ट्रिय पार्टीको दोस्रो महाधिवेशन सम्पन्न भएको छ । त्यस्तै जनताको राष्ट्रवादलाई आदर्श मान्दै विसं २०६४ माघ ३० गत स्थापना गरिएको नेपाः राष्ट्रिय पाटीको शनिवार राजधानीमा सम्पन्न महाधिवेशनले पार्टीको वरिष्ठ नेतृको जिम्मेवारी भने अध्यक्ष सुवर्ण केशरी nepa rastriya party DSC_0267चित्रकारलाइ चयन गर्नुको अलावा ४३ केन्द्रीय समिति समेत चयन गरिएका छन ।

साथै महाधिवेशनले ५ प्रदेशको खाकालाई खारेज गरी पहिचान सहितको १० प्रदेश र १ गैर भौगोलिक प्रदेश सहित ११ प्रदेश बनाउने प्रस्ताव समेत पारित गरेको जानकारी हाम्रा सहकर्मी शरण डंगोलले सम्प्रेषण गरेका छन ।

 शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथी जोशीले पार्टीका गतिविधिलाई काठमाडौँ उपत्यकामा मात्र सीमित नगरी देशभर संगठन सुदृढ गरेर राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्नुपर्ने सल्लह सम्वद्ध नेताहरुलाइ सुझाव दिनु भएको थियो ।  त्यस्तै  साहित्यकार दुर्गालाल श्रेष्ठ, ज्यापु महागुठका अध्यक्ष राजभाई जकमी, डा महेशमान श्रेष्ठलगायतले अधिवेशनको सफलताको शुभकामना दिँदै जनताको विकास तथा राष्ट्रको समृद्धिबाट ‘जनताको राष्ट्रवाद’लाई स्थापित गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो ।