शुक्रबार, चैत्र १६, २०८०

दुइ चरणमा निर्वाचन गर्ने सरकारको निर्णयप्रति एमालेको आपत्ति

राजपाले तोडफोड, र हिंसाको राजनीति नत्यागे परिणाम भयावह हुने चेतावनी

काठमाडौ भाद्र १४,  गत शुक्रबार नियमित उपचारका क्रममा थाइल्याण्डको बैककबाट हाज स्वदेश फिर्नु भएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गदै सरकारले आयोगको सझाव भन्दै एकाएक मंसिर १० का लागि प्रस्तवित मितिमा हेरफेर गर्दै दुइ चरणमा गर्ने Captureगरि गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।  साथै निर्वाचनको मिति हेरफेर गर्ने सवालमा एमालेसँग सरकारले परामर्शसमेत नगरेकोमा अध्यक्ष ओलीले आक्रोस समेत व्यक्त  गर्नु भएको छ।

त्यस्तै उहाँले बमंगलवार जनकपुरमा पार्टीको प्रदेश नं २ स्तरीय भेला जनसंगठनको भेला भइरहेका बेला केही उच्छृङ्खल व्यक्तिले ढुङ्गामुढासहित अभद्र व्यवहार प्रदर्शन प्रति लक्षित गर्दै राजपाले निषेधको राजनीति गरिरहेको बताउँदै उहाँले एमाले पनि राजपा जस्तै ओर्लिने हो भने नराम्रो परिमाण निस्कने चेतावनी दिदै राजपालाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ । साथै एमालेले पनि प्रतिवाद गर्न जानेको छ भन्ने हेक्का राख्न भनेका छन ।