शुक्रबार, बैशाख १४, २०८१

दिव्य ज्योतिमा ज्योति सँगै कानको उपचार,पत्रकारलाई ५० प्रतिशत छुट

– खगेन्द्र घिमिरे भाद्र ११, 

झापाको काँकरभिट्टामा मानव सेवाका लागि आखा सँगै कानको उपचार गर्ने अस्पताल खुलेको छ । दिव्यज्योति आँखा उपचार केन्द्रले एउटै छाना मुनि दुई वटा pcसेवा प्रदान गर्ने लक्ष्य सहित नयाँ अस्पतालको सुभारम्भ गरेको हो । आज आयोजित पत्रकार सम्मेलनममा दिईएको जानकारी अनुसार आजबाट सेवा सुरु गरेको दिव्य ज्योति आई एण्ड ईअर केयर सेन्टर प्रालिले अत्याधुनिक उपकरण र सम्बन्धीत बिज्ञ चिकित्सकबाट आखा सम्बन्धी जटिल शल्यक्रियका साथै कानका रोगीहरुले समेत स्तरिय सेवा प्रदान गर्ने जनाइको छ ।  पत्रकार सम्मेलनमा नेत्र रोग बिशेषज्ञ तथा सञ्चालक डा मनिका कर्माचायले अस्पतालमा मोतिबिन्दु,जलबिन्दु,रेटिना जस्ता आखाँमा देखिने समस्याको अत्याधुनिक प्रविधिबाट  डा अस्मिना के.सी डा नयनबहादुर महतोले उपचार   सेवा दिने बताउँनु भएको छ।   मेचीनगर , झापा र इलाम क्षेत्रका कानका बिरामीहरुलाई लक्षीत गर्दै यो सेवा सुरु गरिएको यस केन्द्रमा नेत्र रोग बिशेषज्ञका रुपमा डा मनिका कर्माचार्य,डा शंकर खनाल रहनु भएको छ  । अन्य स्वास्थकर्मी बरिष्ठ नेत्र सहायक कर्णनाथ योगी,सुरेश सापकोटा रहनु भएको छ भने इएनटी तर्फ सुजना खनाल रहेको जानकारी दिदै केन्द्रले झापाका संचारकर्मीहरुहरुलाई यी दुवै सेवा लिदा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।