बिहिबार, बैशाख ६, २०८१

तपाईंको सहयोगले लक्ष्मीको जीवन बच्ने छ

बिर्तामोड भाद्र १,  आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवन मरणको दोसाँधमा छिन् । सुरुमा बिर्तामोडका अधिकांश हस्पिटलले उपचार सम्भव छैन भने पनि कञ्चनजंघा हस्पिटलमा डा सीपी यादवको टिमले उनको उपचार गरिरहेको छ । बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले उद्धार गरी उनलाई हस्पिटल पुर्याएका थिए । अहिले लक्ष्मीको अवस्थामा धेरै सुधार आएको डा। laxmiयादवले बताए । उनलाई बचाउन उपचारमा खर्च जुटाउनु आवश्यक रहेको समाजसेवी कन्दङवा बताउछन् । कन्दङवा आफ्नै सन्तान सरह लक्ष्मीको नियमित रेखदेखमा खटिएका मात्र छैनन् आर्थिक रुपमा पनि धेरै सहयोग गरिरहेका छन् । विरामीको खुराक र कुरुवाको खाना उनलेनै प्रवन्ध गरिरहेका छन् । ‘म एक्लैले केह ी गर्न सक्दिन त्यसैले सवैको सहयोग जरुरी छ’–उनी भन्छन्–‘लक्ष्मी तपाईं हाम्रै छोरी चेली हुन्, उनकोे जीवन बचाउन पत्रकारले कलम चलाइदिनुपर्यो, अरु सवैले सकेको सहयोग दिनुपर्यो ।’
गत शनिवार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको निधारदेखि मुनि कम्मरसम्मको सम्पूर्ण भाग जलेको छ ।
मट्टितेल पोखिएर ओछ्याएको तन्ना र झुल शरीरमा टाँसिएपछि उनी जलेको उनका श्रीमान् राजेशले बताए । अस्पतालले उनको उपचारमा २५ लाख लाग्छ भनेपछि पैसा नभएर श्रीमानले लक्ष्मीलाई घरमा नै लगेर केराको पातमा सुताएका थिए । – लक्ष्मीका श्रीमान् राजेशले भने– ‘रामकुमार कन्दङ्वाले हाम्रो दुःख देख्न नसकेर अस्पताल ल्याउनु भएको हो ।’
लक्ष्मीको ६ महिनाको छोरा रहेको छ । कन्दङ्वाले लक्ष्मीको उद्धारमा मानप्रसाद लिङ्देनको पनि साथ रहेको बताए । लक्ष्मीको उपचार तथा स्याहारका लागि वडाध्यक्ष सूर्य कन्दङ्वा, सदस्य शोभा विक, एलविन्द्र खत्री, पवित्रा ढुंगाना र पर्शुराम खनाल, समाजसेवी विष्णु गौतम लगायतले सहयोग गरिरहेको बताएइको छ । बीरु दर्नाल लगायतले फेसबुकमार्फत लक्ष्मीको उपचारमा सहयोग जुटाउन अभियान चलाएका छन् । यसैवीच लक्ष्मी करुवाको उपचारका लागि आर्थिक श्रोत जुट्न थालेको छ । उनको उपचारका लागि वीरवहादुर दर्नालको संयोजकत्वमा आर्थिक संकलन समिति गठन भएको र समितिमा रकम जम्मा हुन थालेको छ । उनको उपचारका लागि अन्नपूर्ण सप्लायर्सका सुनील अधिकारीले ५ हजार, वीरबहादुर दर्नालले ५ हजार, किरण थापाले ३ हजार, सोहनलाल राजबंशीले दुई हजार ५ सय, कुमारमणि पोखरेलले दुई हजार ५ सय, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले एक हजार, योगिता खपांङ्गीले २ हजार ५ सय, विजय डालमियाले २ हजार, समिल राईले २ हजार, लक्ष्मण खतिवडाले २ हजार, तुलसी खनालले २ हजार, मनेश दाहालले २ हजार, कृष्ण पौडेलले १५ सय, पदमबहादुर तामाङ ९देवराज०ले १ हजार १०, मुकुन्द उप्रेतीले १ हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै रञ्जित परियारले १ हजार, गोमा चोङ्बाङले १ हजार, चण्डी अधिकारीले १ हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै प्रकाश कुपरीले ११ हजार दिने बचन दिएको बताइएको छ ।