शुक्रबार, चैत्र १६, २०८०

झापाका बाढीपीडित परिवारलाई चौतारीको राहत

गौरीगञ्ज भाद्र १४,  बाढीमा परी घरवारविहीन बनेका झापाका पीडित परिवारलाई प्रेस चौतारी झापाले राहत प्रदान गरेको छ । प्रेस चौतारी झापाले बाढी पीडितको Captureसहयोगार्थ संकलन गरेको ६७ हजार २ सय ८८ रुपैयाँ चौतारी जिल्ला कमिटीले बुधबार गौरीगञ्ज गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पार्टी नेतृत्वलाई हस्तान्तरण गरेको हो ।

संकलन भएको कुल रकम मध्ये काँकरभिट्टामा रहेको मेची नेत्रालय आँखा अस्पतालका कर्मचारी परिवारले एक दिनको पारिश्रमिक बराबरको रकम ५१ हजार २ सय ८८ रुपैयाँ , अस्पतालका अप्रेशन इञ्चार्ज नवराज प्रधानको तर्फबाट व्यक्तिगत ५ हजार रुपैयाँ र प्रेस चौतारी झापाले ११ हजार ५ सय रुपैयाँ संकलन गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।