शुक्रबार, बैशाख १४, २०८१

कोशी व्यारेजमा पानीको वहाब दुई लाख ५० हजार क्युसेक माथि मापन , रातो बत्ती सहित ३७ ढोका खोलियो

प्राकृतिक विपत्तिको घडीमा सामान्य अवस्थामा भन्दा बढी संवेदनशील भई सूचना संप्रेषण गर्न महासंघको आग्रह

काठमाडौं श्रावण २८,  कोशी व्यारेजको ५६ मध्ये ३७ ढोका खोलिएको छ । अविरल वर्षा र्सगै पानीको वहाब दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड Captureमापनभएपछि कोशी व्यारेजका टोका खोलिएको हो ।    पानीको पानीको वहाब अझै ब्ने संभावना रहेका कारण तत्काल कोशीको बाँकी ढोका पनि खोल्नुपर्ने आवश्यकता सहित स्थानीय प्रशासनले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

अहिले दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेत सहित कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ भने पानीको बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड जान थालेपछि त्यो आफैमा भयावह स्थितीमा परिणत हुने जनाउँदै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच अधिक वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परी ठूलो जनधनको क्षति भएकोमा नेपाल पत्रकार महासंघ र आफ्नो तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । मौसमविदहरूका अनुसार यस्तो अवस्था अझै केही दिन रहनसक्ने Captureसंभावना रहेकोले प्राकृतिक विपत्तिको यस घडीमा सामान्य अवस्थामा भन्दा बढी संवेदनशील भई सूचना संप्रेषण गर्नुका साथै प्रभावितहरूको उद्धार र राहतमा जुट्न म सम्पूर्ण सञ्चारकर्मी मित्र एवम् आमसञ्चारमाध्यमहरूलाई हार्दिक अपिल गरेको छ ।

त्यस्तै महासंघले सबै शाखाहरूलाई यस्तो विपत्तिमा उद्धार र राहत टोलीलाई सक्दो सहयोग गर्न एबं पत्रकार र सञ्चारमाध्यममा भएको क्षतिको विवरण संकलन गरी तत्काल महासंघ केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि पनि आग्रह गरिएको छ ।  अहिले  देशको इटहरी विराटनगर–धरान सुनसरी लगायतको क्षेत्रमा बाढी पहिरोका कारण दर्जनौँ गाउँ जलमग्न भएपछि स्थानीयको विचल्ली भएका छन ।