शुक्रबार, बैशाख १४, २०८१

‘किताब र फोटोको सम्बन्ध भनेको नङ र मासुको जस्तै : व्यावसायिक फोटोग्राफर श्रेष्ठ

काठमाडौं श्रावण ३०, ग्लोबल एक्स्पोजिसन, नेपाल पुस्तक र स्टेसनरी महासंघको सहकार्यमा राजधानीको भृकुटीमण्डपमा जारी २१ औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक Anup_20170814_258 Anup_20170814_260 Anup_20170814_261प्रदर्शनीमा व्यावसायिक फोटोग्राफर किशोर श्रेष्ठको कलात्मक तस्बिर प्रदर्शनीको स्टलमा फोटो पारखीका दिनानुदिन भिड बढ्दो रहेको छ ।
प्रदर्शनीमा नेपाल, भारत, जापान र चीन गरी चार देशका संस्थाहरूको फरक फरक विधाका ६० वटा पुस्तकको स्टलहरूसंगै किशोरले ‘किताब र फोटोको सम्बन्ध भनेको  नङ र मासुको जस्तै   रहेको   जनाउ सहित आफ्ना फोटो प्रदर्शनीमा राखिएको बताए ।
त्यसोत उनको कलात्मक फोटोका कारण प्रदर्शनीस्थलमा पुग्ने जोकोहिले पनि पुस्तक स्टलको अवलोकन सहित प्रदर्शनीमा राखिएको फोटोको अवलोकन गर्ने पछि पर्दैन ।