शनिबार, बैशाख ८, २०८१

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, १७ जना परीक्षार्थीको नतिजा रद्ध

नियमिततर्फ ३५ हजार ६६८ परीक्षार्थी उत्तीर्ण , आंशिकतर्फ  चार हजार १३७ जना परीक्षार्थी उत्तीर्ण

Rastriya-Parixa-bordभक्तपुर श्रावण २०,  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक परिणाम अनुसार नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी उत्तीर्ण भएको छ भने आंशिकतर्फ नौ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी उत्तीर्ण  भएको जनाएको छ । त्यस्तै नियमिततर्फ १७ जना र आशिंकतर्फ ३ जना गरि कुल २० जना परीक्षार्थीको परीक्षा रद्ध परीक्षार्थीको नतिजा रद्ध गरिएको बोर्डले जनाएको छ ।