बिहिबार, बैशाख १३, २०८१

एक आपसमा प्रेम र मैत्री भावना जागृत गरौं : राष्ट्रपति

काठमाडौ श्रावण ३० , राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश Anup_20161109_23तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमासुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपतिले दिनु भएको शुभकामना सन्देशमा उहाँले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्कायम गर्न सहयोग पु-याएको बताउनुभएको छ ।

भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् भन्दै उहाँले हामी सम्पूर्ण नेपालीले यसलाई जोगाउन एक आपसमा प्रेम र मैत्री भावना जागृत गरी मनुष्य जन्म सफल पार्न सकौँ भन्ने सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।