बिहिबार, बैशाख १३, २०८१

ऋषिपञ्चमी पर्व सम्पन्न् ( फोटो फिचर )

काठमाडौं भाद्र १० , आज नेपाली महिलाहरूको महान चाड हरितालिका तीज अन्र्तगत ऋषिपञ्चमी पर्व श्रद्धाभक्ति पूर्वक मनाईएको छ । हिन्दू संस्कारअनुसार Anup_20170826_255 Anup_20170826_256Anup_20170826_252 Anup_20170826_253 Anup_20170826_254 Anup_20170826_257 Anup_20170826_258 Anup_20170826_259 Anup_20170826_260 Anup_20170826_264 Anup_20170826_265ऋषिपञ्चमीको महत्वलाइ हेर्ने हो भने नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरेको धर्मभिरुहरुले बताएका छन । आजको दिन राजधानीको कामपा वडा न १२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । त्यस्तै ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित म्क्ऋण्छछढठज्ञसप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने प्रचलन रहिआएको छ ।

त्यस्तै शास्त्रीय मान्यता रजस्वलाको क्रममा अन्जानवस कति कुरा छोइएको हुन सक्छ। उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन। तर मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती गनिएका तिलचामल र जौ राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ ।