शुक्रबार, चैत्र १६, २०८०

आसन्न निर्वाचनमा मताधिकारकालागि भाद्र ५ गते १८ वर्ष भएको हुनु पर्ने

काठमाडौ भाद्र ९ ,  निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न भाद्र ५ गते १८ वर्ष पूरा भएको मतदाता नामावलीमा नाम हुनुपर्ने जनाएको छ ।  आयोगले मिति घोषणा भएको दिनलाई नै ‘कट अफ डेट’ मान्दै सो दिन १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता 870880256नामावलीमा नाम दर्ता गराएका मतदाताले मतदान गर्न पाउने निर्णय गरेको हो ।

यसका लागि आयोगले २०७४ साल भाद्र३ गतेसम्म मतदाता नामावलीका लागि नाम सङ्कलन/दर्ता भएका व्यक्तिहरूको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।