बुधबार, बैशाख १२, २०८१

आरम्भमा गाईजात्रा

काठमाडौं श्रावण २८, आरम्भ साहित्य मञ्चले गाई जात्राको अवसर पारेर आफ्नो स्थापना कालको पाचौ वार्षिक उत्सव एक कार्यक्रमका वीच मनाएको छ । आरम्भका अध्य्क्ष प्रेम ओली “ ढकलपुरे“ को अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथी डा तुलसी भट्टराइ हुनु हुन्थ्यो भने चट्याङ मास्टर ,ज्ञानु वाकर बिशेष अतिथी रहनु भएको थियो ।

image-0-02-03-0be0a2c759a7336ba7c92bbe749dfb1082d1620facec9d394d9fbb1e89312785-Vकार्यक्रममा सहभागी कविहरुले राजनीति ,नेता ,सामाजिक विकृति भ्रष्टाचार लगायतका समसामायिक बिषय बस्तु माथि ब्यङग्य बाण प्रहार गर्नुको अलावा मायाप्रितीका गीत गजल समेत प्रस्तुत गरेका थिए ।

त्यस्तै चट्याङ मास्टर , ज्ञानु वाकर , प्रेम ओली ढकलपुरे ,पुन्य आचार्य , केरा अर्याल , डिल्ली प्रसाद मुलत्युन , रुद्र अधिकारी , उदय दास ,गोपाल नेपाल , बिजय बिस्वास, रघु अधिकारी, द्वारीका कुइकेल , देबी प्रसाद सापकोटा ,ऋचा, भुवन सिवाकोटी , अभी ओली , राधा कार्की , डा बिदुर वस्ती , पुष्पा खनाल , शशी थापा , सुमन घिमिरे बर्षा ,बिमला , मुकुन्द न्यौपाने लगायत कबिहरुले गाई जात्रे प्रस्तुति दिनुभएको थियो ।