मङ्लबार, बैशाख ११, २०८१

आयोगद्वारा डा केसीको जीवनरक्षा गर्न आयोगको  अपिल  

काठमाडौ श्रावण २७,  राष्ट्रिय मानव अधिकार आयोगले समग्र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी गत १९ दिनदेखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न NHRC_Press_Release_Special_Appeal_to_save_Dr_KC_Life_2074_4_27सरकारसँग अपिल गरेको छ ।
आज आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा अनशनका कारण डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको पाएपछि सरकारसमक्ष अनशनरत डा केसीसँग विगतमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गरी समस्याको समाधान गर्न र उहाँको जीवनरक्षाको माग गरेको आयोगका सदस्य मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उपचारका क्रममा आउने सर्वसाधारणको प्रभावकारी स्वास्थ्योपचारमा संवेदनशील र जिम्मेवार हुन आग्रह गर्दै पटक पटकको आन्दोलनले समस्यालाई झन जटिलतातर्फ लैजाने कुरालाई मध्यनजर गर्दै वार्तालाई सार्थक बनाउनसमेत विज्ञप्तिमा भनिएको छ ।