शुक्रबार, चैत्र १६, २०८०

आयोगको कारबाही आदेश प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अनाधिकृत हस्तक्षेप : महासंघ

काठमाडौं श्रावण १७, नेपाल पत्रकार महासंघले पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर निर्वाचन आयोगले देशान्तर साप्ताहिकका प्रधानसम्पादकलाई सम्बन्धित समाचार सामग्रीको प्रमाणसहित ३ दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन सोको कारबाही हुन प्रेस काउन्सिललाई लेखी पाठाउन भनी निर्वाचन fnj logoआयोगले गरेको निर्णयप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत २०७४ ज्येष्ठ ८ र १५ गतेको देशान्तर साप्ताहिकमा प्रकाशित क्रमशः ‘निर्वाचन आयोगमा मामाको धनमा फुपुको श्राद्ध’ र ‘निर्वाचन आयोगलाई १८ अर्व सक्नुपर्ने’ शीर्षक समाचारको विषयलाई लिएर साप्ताहिकका प्रधानसम्पादकलाई उपस्थित र कारबाहीका लागि आयोगले काउन्सिलमा पत्राचार गरेकोे महासंघद्दारा जारी विज्ञप्तिमा उललेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रकाशित वा प्रसारित समाचारको विषयमा चित्त नबुझे या कुनै गुनासो रहे त्यस उपर परेका उजुरी हेर्ने वा पत्राचार आचारसंहिताको अनुगमन गर्ने निकाय प्रेस काउन्सिलको क्षेत्राधिकारलाई नबुझीकन निर्वाचन आयोगबाट कारबाही आदेश दिइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अनाधिकृत हस्तक्षेप भएको ठहर सहित महासंघले आयोगको प्रस्तुत कदमप्रति खेद व्यक्त गरेको छ । साथै आगामी दिनमा यस घटना नदोहो¥याउन सम्बन्धित निकायको ध्यानाकर्षण होस भन्दै साथै समाचारप्रति चित्त नबुझे कानुन वा पत्रकार आचारसंहिताबमोजिम उपचार खोज्न पनि महासंघ आयोगलाई आग्रह गरेको छ ।