बिहिबार, बैशाख १३, २०८१

आन्दोलन गर्ने म्यादीको चेतावनी

भक्तपुर भाद्र १२,  म्यादी प्रहरी संघर्ष समितिले प्रदेशका ४० हजार प्रहरीमा आफूहरुलाई भर्ना नगरे सरकारका विरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा म्यादी प्रहरी संघर्ष समितिका संयोजक कपिल थापाले यस्तो चेतावनी दिनु भएको हो । उक्त aaaकार्यक्रममा करिब डेढ सयको हाराहारीमा म्यादीहरु सहभागी भएका थिए ।

अहिलेका म्यादीहरु प्रहरीमा जागिर गर्न योग्य हुनुका साथै सरकारले भएका सरकारले म्यादीलाई प्रहरी सरहको तालिम र रासन भत्ता समेत दिईसकेको कारण अब म्यादीलाई प्रहरीमा समायोजन गर्नुपर्ने उनीहरुको माग छ । यदि सरकारले तत्काल आफूहरुका माग पुरा नगरेर देशभरका म्यादी प्रहरीहरुलाई संगठित गर्ने भन्दै संयोजक थापाले यसका लागी तयारी भएर बस्न कार्यक्रममा सहभागी म्यादीहरुलाई निर्देशन समेत दिनुभयो । सरकारले स्थानीय तहको निर्वाचनका लागी गत बैशाखमा देशभरमा म्यादी प्रहरीमा भर्ना लिएको थियो ।