बिहिबार, बैशाख ६, २०८१

आज १० औं पुस्तकालय दिवस मनाइदै

काठमाडौ भाद्र १५ ,आज जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तहः एक नमूना पुस्तकालय’ भन्ने नाराका १० औं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी libraryमनाईँदै छ ।  नेपालमा तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले १८६९ सालमा दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न पण्डित केदारनाथ झालाई जिम्मेवारी दिएको दिनको स्मरण गर्दै २०६५ सालयता प्रत्येक  भाद्र १५ गते पुस्तकालय दिवस मनाउन थालिएको हो

पुस्तकालय दिवसको अवसरमा दशौं पुस्तकालय दिवस मूल समारोह समिति लगायत सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रमको आयोजना गरेको जानकारी प्राप्त भएका छन । यसक्रममा   यसैक्रममा मूल समारोह समितिले आज राजधानीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।