बिहिबार, बैशाख १३, २०८१

अनियमिताको भण्डाफोरपछि अत्तालिएका निर्देशक खड्काद्वारा पत्रकार पौडेललाई धम्की, महासंघद्दारा भत्र्सना

 

काठमाडौं श्रावण २०, नेपाल पत्रकार महासंघले नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले FNJ Press Release savan 20दिएको धम्कीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  शुक्रबार समाचार संकलनको क्रममा आपूर्ती मन्त्रालय पुगेका पत्रकार पौडेललाई निर्देशक खड्काले कार्यालय परिसरमै नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर धम्की दिनुका साथै दुव्र्यवहार गरेको जानकारी रिपब्लिका शाखाबाट प्राप्त भएको महासंघका सचिव प्रभात चलाउँनेद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पौडेलले श्रावण २ गतेको नागरिक र रिपब्लिका दैनिकमा निगमको जग्गा खरिद सम्बन्धी विषयमा लेखेको समाचार अर्थात ‘डेढ अर्बको जग्गा किन्दा ६७ करोड घोटाला’ शीर्षकको समाचार मार्फत अड्को अनियमिता सार्वजनिक गरेका थिए ।

सो समाचार प्रकाशित भए पछि संसदको अर्थ समिति, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरे लगत्तै कार्यकारी निर्देशक खड्काको वनिवनाउ षडयन्त्र छताछुल्ल भएपछि पत्रकार पौडेललाइ निर्देशक खड्काले अमर्यादित शैलीमा पत्रकारमाथि धम्की दिएको जुन आफैमा खेदजनक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै समाचारमा चित्त नबुझे कानूनी उपचारको मार्ग हुँदाहुँदै धम्कीमा ओर्लेर प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्न खोज्ने निर्देशक खड्काको उक्त व्यवहारको भत्र्सना गर्दै महासंघले स्वतन्त्र पत्रकारिताको भावनाको सम्मान गर्न भनेको छ ।