शुक्रबार, बैशाख १४, २०८१

८० प्रतिशत भन्दा बढि स्थानको मतपरिणाम सार्वजनिक

बिराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता जारी

काठमाडौं आषाढ २०,   गत आषाढ १४ गतेसम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत मतगणनाको क्रम लगभग अन्तिर चरणका पुगेको छ । ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये अहिलेसम्म ८० प्रतिशत भन्दा बढि स्थानको मतपरिणाम आइसकेको आयोगले जनाएको छ । पछिल्लो समय सार्वजनिक भएको २ सय ७५ तहको परिणाम अनुसार एमालेले प्रदेश नम्बर १ मा ५३, प्रदेश ५ मा ३३ र प्रदेश ७ मा ३४ सहित १ सय २० सिट स्थानीय तह जितेका छन ।
nirbachan2त्यस्तै नेपाली काँग्रेस प्रदेश नम्बर १ मा ३८, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३६ स्थानीय तह सहित १ सय ०३ सिट   जितेको छ । त्यस्तैगरि माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ७ स्थानीय तह जितेर ३४ सिट जितेको  छ  । , संघीय समाजवादी सिट , फोरमले ६सिट , फोरम लोकतान्त्रिक ५ सिट ,राप्रपाले ३ र राष्ट्रिय जनमोर्चाले २ सिट र स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन । 

यसैवीच  बिराटनगर महानगरपालिकामा सहित ५ उपमहानगरको मतगणना जारी रहेको छ । जारी मतगणना परिणाम अनुरुप बिराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले आफ्नो अग्रतालाइ कायमै राखेका छन । यसअघि दाङको घोराही उपमहानगरपालिकाको घोषित परिणाम अनुसार मेयर र उपमेयरमा नेकपा एमाले विजयी भइसकेको छन भने नेपालगञ्जमा राप्रपाले जित हात पारेको छ ।

बिराटनगरमा कांग्रेसका उम्मेदवार भीम पराजुलीले एमाले र लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार विनोद ढकाललाई पछाडि पार्दै मतगणनामा अग्रता लिइरहनुभएको हो । त्यसैगरी निर्वाचन भएका अन्य पाँच वटा उपमहानगरपालिका क्रमस कैलालीको धनगढी उपमहानगरपालिका काँग्रेसले र , ईटहरी , धरान, बुटवल र दाङको तुल्सीपुर उपमहानगरपालिकामा नेकपा एमाले अग्रता कायम गर्दै आएको पनि मुलत परिणाम आउँन अझै केहि दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ ।