बिहिबार, बैशाख १३, २०८१

३ सय २१ स्थानीय तहको नतिजा सार्वजनिक

विराटनगर महानगरपालिकासहित १३ स्थानीय तहको मत परिणाम घोषणा हुन् बाँकी

काठमाडौं आषाढ २३ , स्थानीय तहको निर्वाचन अन्र्तगत गत आषाढ १४ गते १५ हजार ३८ जनप्रतिनिधि चयनका लागि सम्पन्न ३ सय ३४ स्थानीय तहको nirbachan2निर्वाचनमा मध्ये ३ सय २१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।  सार्वजनिक मत परिणम अनुसार एमाले पहिलो स्थानमा छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

एमालेले १४३ स्थानीय तहमा विजयी प्राप्त     गरेका जित हासिल गरेको छ । नेपाली कांग्रेसले एमाछन । त्यस्तै एमालेलाइ पछ्याउँदै १ सय १७ स्थानीय तह जितेका छन भने  नेकपा माओवादी केन्द्रले ८ नगरपालिकासहित ३९ स्थानीय तहमा जित हासिल गरेको छ ।

त्यस्तैगरि संघीय समाजवादी फोरम ७ र नेपाल लोकतान्त्रिक फोरमले ६ राप्रपाले एक उपमहानगरपालिकासहित ४ राष्ट्रिय जनमोर्चाले २ स्थानमा र दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।अब विराटनगर महानगरपालिकासहित १३ स्थानीय तहको मत परिणाम घोषणा हुन् बाँकी रहेको  छ ।