शुक्रबार, चैत्र १६, २०८०

३ सय १४ स्थानीय तहको नतिजा सार्वजनिक( पछिल्लोअपडेट)

एमाले पहिलो,  काँग्रेस दोस्रो र  माओवादी केन्द्र तेस्रो स्थानमा

काठमाडौं आषाढ २२ , स्थानीय तहको दोस्रो चरण अन्र्तगत ३ सय ३४ स्थानीय तहको लागि भएको निर्वाचन मध्ये ३ सय १४ स्थानीय तहको नतिजा सार्वजनिक Election-Commission-Nepalभएको छ । प्राप्त पछिल्लो निर्वाचन परिणाम अनुरुप नेकपा एमालेले १ सय ४० स्थानीय तहमा त्यस्तै काँग्रेसले १ सय १७ स्थानीय तहमा र नेकपा माओवादी केन्द्रले ८ नगरपालिकासहित ३७ स्थानीय तहमा विजय प्राप्त गरेका छन।

त्यस्तैगरि संघीय समाजवादी फोरम ७ र नेपाल लोकतान्त्रिक फोरमले ६ स्थानमा जित हासिल गर्दा राप्रपाले एक उपमहानगरपालिकासहित ६ तथा राष्ट्रिय  दुई स्थानमा जित निकाल्दा दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएको आयोगले जनाएको छ । आयोगका अनुसार अव बाँकी २० स्थानको मत परिणाम घोषणा हुन बाँकी रहेको जनाएको छ ।