मङ्लबार, बैशाख ४, २०८१

३९ औँ पुष्पलाल स्मृति दिवस ,विविध कार्यक्रमगरि मनाइँदै

काठमाडौ श्रावण ७,  गङ्गालालले पुष्पलाललाई माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् भन्दै दिनु भएको दाजुको प्रेरणाको Puspa_lalशब्दले नै राजनीतिमा प्रवेश गरेका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुप्पलाल श्रेष्ठको आज ३९ औँ स्मृति दिवस विविध कार्यक्रमगरि मनाइँदै छ । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यानमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण लगायतका कार्यक्रमको आयोजना गरेका छन।

२०१७ साल पौष १ गते घटित कालो काण्डपछि भूमिगत र निर्वासितजीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो। काँग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा-गराउँदै ०३५ साल श्रावण ७ गते आजैका दिन निधन भएको थियो