शनिबार, बैशाख ८, २०८१

३५ जिल्लाको ३ सय ३४ स्थानीय तहको मतपरिणाम घोषित

दोस्रो चरणअन्तर्गतको निर्वाचनबाट स्थानीय तहका लागि १५ हजार ३८ जनप्रतिनिधि चयन 

काठमाडौं आषाढ २७, का दोस्रो चरणअन्तर्गत गत आषाढ १४ गते १, ५ र ७ नम्बर प्रदेश अन्तर्गतका ३५ जिल्लाको ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनको सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।  गएराती धरान उप महानगरपालिकाको अन्तिम परिणाम घोषणा भएसँगै सबै स्थानीय तहको सवै nirbachan2मतपरिणाम आएको हो ।

घोषित मत परिणाम अनुसार एमाले १५१, नेपाली काँग्रेस १२२, माओवादी केन्द्र० ३८, संघीय समाजवादी फोरम ८, लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख पदमा विजयी भएका छन् । तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख पदमा विजयी भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार दोस्रो चरणअन्तर्गतको निर्वाचनबाट स्थानीय तहका लागि १५ हजार ३८ जनप्रतिनिधिको चयन भएको छ । आव आगामी आश्विन २ गते प्रदेश न २मा निर्वाचन गर्ने आयोगको तयारी रहेको छ ।