शनिबार, बैशाख ८, २०८१

२४२ स्थानीय तहको मत परिणाम सार्वजनिक, १०४ तहमा जित हात पार्दै एमाले अग्र स्थानमा

काठमाडौं आषाढ १९, दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत अहिलेसम्म २४२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परणाम अनुसार पहिलो चरणको चुनावमा पहिलो स्थानमा रहेको नेकपा एमालेले दोस्रो चरणको चुनावमा पनि १०४ तहमा जित हात पार्दै अग्र स्थानमा रहेको छ । पहिलो nirbachan2चरणको स्थानीय तहको चुनावमा एमालेले १२५ स्थानीय तह जितेको थियो । पहिलो चरणको चुनावमा पनि दोस्रो भएको कांग्रेसले ९५ वटा स्थानीय तहमा निर्वाचित हुँदै एमालेलाई पछ्याइरहेको छ । यस्तै तेस्रो स्थानमा रहेको माओवादीले ३२ स्थानमा निर्वाचित भएका छन ।

त्यस्तै गरि राप्रपाले एक स्थानीय तह जितेको छ भने घीय समाजवादी फोरम र नयाँ शक्तिले ५ स्थानीय तह जितेको छ । त्यस्तै फोरम लोकतान्त्रिकले २ र राष्ट्रिय जनमोर्चाले २ स्थानीय तह जितेको छ । अब ९२ वटा स्थानीय तहको मत परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार एमालेले ४१ र कांग्रेसले ३८ वटा स्थानीय तहमा अग्रता कायम गरिरहेका छन् । मतगणना भइरहेका स्थानीय तहमध्ये विराटनगर महानगर र धनगढी उपमहानगरमा कांग्रेस, नेपालगञ्ज उपमहानगरमा राप्रपा र बाँकी उपमहानगरमा एमालेको अग्रता कायमै रहेको छ ।