शुक्रबार, चैत्र १६, २०८०

१ सय ७२ स्थानीय तहको मतपरिणाम घोषित

महाकाली नगरपालिकाको प्रमुखमा काँग्रेसका सुनार विजयी

काठमाडौ आषाढ १८,  दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्र्तगत प्रदेश नं १, ५ र ७ मा गत बुधवार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, Election-Commission-Nepalनगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरि १५ हजार ३८ प्रतिनिधि चयनका लागि भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्वाचनको अन्तिम परिणाम प्राप्त हुने क्रम जारी रहेको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त पछिल्लो अर्थात बिहान ९ बजेसम्म प्राप्त जानकारीअनुसार १७२ स्थानीय तहकोे अन्तिम मतपरिणाम घोषणा भएको छ।  त्यस्तै १सय ५५ स्थानीय तहको मतगणना जारी रहेको र केही स्थानीय तहको मतगणना स्थगन भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

यसैवीच कञ्चनपुरको महाकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका वीरबहादुर सुनार ५ हजार १३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका किशोर लिम्बूले चार हजार ७१६ मत प्राप्त गर्नुभएको थाहा भएको छ । त्यस्तैगरि  उपप्रमुखमा नेकपा एमालेका चिनी गिरी ५ हजार २७७ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकाका गङ्गा जोशीले चार हजार ३७१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।