बुधबार, बैशाख १२, २०८१

सिफारिस कार्यान्वयनमा नभएकोमा आयोगको ध्यानाकर्षण

मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई  पदोन्नति र  विभूषण होइन कारवाही गर

काठमाडौं श्रावण ५,  राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनमा संलग्नलाई नेपाल सरकारद्वारा पदोन्नति र विभूषित गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज नेपाल प्रहरी प्रमुख तथा गृह मन्त्रालयका सहसचिवसँग छलफल गर्ने क्रममा यस्ताखाले गतिविढी अर्थात NHRC_Press_Release_on_Non_Implimentation_of_NHRCs_Recommendation_2074_4_5मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई नै सरकारले पदोन्नति र विभिन्न विभूषण प्रदान गरिएको प्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगका प्रवक्ता मोहना अन्सारीद्दारा जारी विज्ञप्तिमा छलफलको क्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगद्वारा छानबिन गरी हत्या, बेपत्ता, यातनाजस्ता गम्भीर खालका मानवअधिकार हनन र मानवीय कानुनको उल्लंघनजस्ता अपराधमा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेका व्यक्तिलाई नै पदोन्नति तथा विभूषित गरिनु दुःखद भएको बताउनुभएको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा आयोगका सिफारिसलाई गम्भीररुपमा लिन आग्रह गर्र्दैै अध्यक्ष शर्माले बलात्कार हत्या लगायतमा संलग्न कतिपय दोषीलाई तत्काल कारबाही नहुनु त्यस्तै छाउपडी लगायतका घटनामा पर्याप्त प्रमाण हुँदाहुँदै पनि उजुरी दर्ता नभएको भन्दै आयोगले दुःख प्रकट गर्नुभएको जनाएको छ । त्यस्तै त्यस अवसरम प्रमानि प्रकाश अर्यालले आयोगका निर्देशन तथा सिफारिसलाई संवेदनशील रुपमा लिई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको उल्लेख गरिएको छ ।