शुक्रबार, चैत्र १६, २०८०

सामाखुसी घटनाबारे १० दिनभित्र जानकारी गराउन गृहलाइ आयोगको  निर्देशन

काठमाडौं श्रावण २,   राष्ट्रिय मानवअधिकार आयोगले गत आषाढ ३० गते राजधानीको सामाखुसीस्थित सडक नालीमा खसेर १० वर्षीया बालिका विनिता फुयाँलको मृत्यु भएको घटनाप्रति चासो देखाएको छ ।  आयोगका प्रवक्ता मोहना अन्सारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्यतथ्य अनुसन्धान गरी १० NHRC_Press_Release_to_be_accountable_HR_related_development_2074-04-02दिनभित्र जानकारी गराउन पनि गृह मन्त्रालयलाई निर्देशनसमेत दिइएको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा पछिल्लो समयमा राजधानीको सडकको अवस्था नाजुक बन्दै जाँदासमेत नगरपालिका, खानेपानी तथा ढल निकास विभाग, मेलम्ची खानेपानी आयोजना लगायतले आम नागरिकको अधिकारप्रति जिम्मेवारी नलिनु अत्यन्त दुःखद् भएको जनाउँदै सडक तथा खानेपानी विस्तार गर्ने, ढल व्यवस्थापन गर्ने सन्दर्भमा भत्काइएका सडक समयमानै मर्मतसम्भार आवतजावतमा समस्या हुनुो अलावा मानविय क्षतिसमेत हुन चिन्ताको विषय भएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा अगाडि भनिएको छ  आर्थिक वर्षको अन्त्यमा अत्यधिक बजेट खर्च गर्ने प्रवृत्ति सहित विकास निर्माणका कार्य गदाए सम्बन्धित निकायबीच समन्वयको र अनुगमनको अभावबाट यस्ता प्रकृतिका घटना घट्ने गरेको आयोगको ठहर रहेको जनाउँदै आयोगले यस किसिमका घटना भविष्यमा देशको कुनै पनि भागमा दोहोरिन नदिनेतर्फ तत्काल आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।