शुक्रबार, चैत्र १६, २०८०

साझाले एकमुष्ट १० वर्षको लेखा परीक्षण सार्वजनिक गर्ने

काठमाडौं श्रावण १५, साझा प्रकाशनद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलन तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाको प्रत्येक वर्ष हुनु पर्ने लेखा परीक्षण हुन नसक्दा यो वा त्यो वहानामा साझाका नेतृत्व र सञ्चालकप्रति विभिन्न आरोप लाग्ने गरेको बताउँनु DSC_0186_sajhaभएको छ ।

त्यस्तै उहाँले यि र यस्ता आरोप तथा भ्रम चिर्नको लागि आव २०६४्६५ देखि २०७२र७३ सम्मको लेखा परीक्षण नभएकाले परीक्षण सहित अध्यक्ष शर्माको संयोजकत्वमा गठन गरेको समितिले पनि भदौभित्र प्रतिवेदन एकमुष्ट सार्वजनिक गर्ने बताउनुभएको छ । साथै उहाँले साझा रु ६३ करोड घाटामा रहेकाले सरकारको सहयोगबाट मात्र चल्ने नसक्ने जनाउँदै कार्यक्रममा सरकारबाट ऋण र अनुदान गरी प्राप्त रु ३० करोडमध्ये रु १४ करोड १३ लाख जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिइएको र अन्य रकम बैंक ऋण, बक्यौता तलबलगायतमा खर्च भएको विवरण सार्वजनिक गर्नु भएको छ ।
कार्यक्रममा साझाका सञ्चालकहरु दीनानाथ शर्मा, प्रदीप नेपाल, डा कृष्णहरि बराललगायतका व्यक्तित्व  उपस्थिति हुनुहुन्थ्यो ।