शनिबार, बैशाख ८, २०८१

साइमिक्स इङ्कले बुझायो स्काई रेल’ सञ्चालन र सम्भाव्यताको प्रतिवेदन

१० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर लाग्ने

काठमाडौ श्रावण ३,  काठमाडौ महानगरपालिका र साइमिक्स इङ्क प्रालि नामक कम्पनीवीच स्काई रेल’ सञ्चालन सम्भाव्यता अध्ययनका लागि गत माघ २६ गते भएको सम्झौता अनुरुप कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डे नेतृत्वको प्रतिनिधिले मण्डलले आज राजधानीमा स्काइ रेल सञ्चालन सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् ।20157576_10207500152501090_8877794453702734638_o

त्यस्तै उहाँले चिनियाँ कम्पनी बिवाइडीसँगको सहकार्यमा सञ्चालन सम्भाव्यता अध्ययनको क्रममा १० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र २ वर्ष समय लाग्छ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनकालागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दावी छ । रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ । तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिनु भएको थियो ।

20106303_10207500314185132_9108791416364844941_nत्यस्तै स्काइ रेल सञ्चालन सम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझ्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप कार्य सम्पादन गरिने बताउँनु भएको छ । फोटो : Chandra Mani Bhattarai