शुक्रबार, बैशाख ७, २०८१

सर्वोच्चको फैसलापछि पाकिस्तानी प्रमको राजीनामा , मन्त्रिमण्डल भंग

काठमाडौं श्रावण १३,  पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार सम्बन्धी अभियोगहरुमा गरिएको छानबिनपछि प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक ओहदामा बसिरहन अयोग्य घोषितको फैसला गरेसंगै शरिफले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् र मन्त्रिमण्डल भंग गरिएको छ ।

पाकिस्तानका सर्वोच्च अदालतका न्यायाधीशहरु एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद सम्मिलित ५ सदस्यीय इजलासले कठा सुरक्षा व्यवस्थाकावीच प्रधानमन्त्रीविरुद्ध उक्त फैसला सुनाएको हो ।  सन् २०१५ मा भएको चर्चित ‘पनामा पेपर्स’ प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसँग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिबारे छानबिन भएको अन्र्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु