बुधबार, बैशाख १२, २०८१

सरकार आयोग गठनमा उदासीन, निर्धारित समयसिमामा तीनवटै चुनाव सम्पन्न हुनेमा शंका

काठमाडौ आषाढ २७ , निर्वाचन आयोगले गत साता श्रावण १५ को समयसीमा तोकेर निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराइदिन पत्र लेखेपनि 1485144883-electionसरकारले यसमा अझै चासो देखाएको छैन । संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित नगरी आयोग गठन गर्दा राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले आपत्ति प्रकट गर्न सक्ने देखेर सरकार नहतारिएको हो ।

काँग्रेस नेता रमेश लेखकले प्रदेश र संघीय संसदको चुनावमा सबै दललाई समेटेर लैजाने उद्देश्य राख्दा आयोग गठनमा केही ढिलाइ भइरहेको बताए । आयोग गठनमा भइरहेको ढिलाइले माघ ७ भित्र तीनवटै चुनाव गरिसक्नुपर्ने सरकारको संवैधानिक दायित्व पुरा हुनेमा शंका बढेको खवर आजको कान्तिपुर दैनिकमा प्रकशित रहेको छ ।  संसद्ले गत चैत पहिलो साता नै निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी विधेयक पारित गरिसकेको छ । कानुन बने पनि सरकार आयोग गठनमा उदासीन देखिएको खवरमा उल्लेख गरिएको छ ।