बिहिबार, बैशाख १३, २०८१

सम्पादक रानालाइ तीन दिनभित्र उपस्थित गराउन आयोगको निर्देशन ,सञ्चार सम्वद्ध संघ-संस्थाद्दारा विरोध

काठमाडौ श्रावण १६,  निर्वाचन आयोगले ‘देशान्तर’ साप्ताहिकका प्रधान सम्पादकलाई कविर रानालाइ आयोगलाई लक्षित गरी प्रकाशित दुराशययुक्त एवंम Pressrelease207404161मिथ्या समाचारका विषयमा तथ्य प्रमाणसहित तीन दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन प्र्रेस काउन्सिल नेपाललाई निर्देशन दिएको छ ।

आयोगको आइतबार बसेको बैठकले “निर्वाचन आयोगमा मामाको धनमा फूपूको श्राद्ध” र “निर्वाचन आयोगलाई रु १८ अर्ब सक्नुपर्ने ?” शीर्षकमा उक्त पत्रिकामा दुराशययुक्त एवं मिथ्या समाचार प्रकाशित गरेको जनाउँदै यस सम्बन्धान आवश्यक कारबाही हुन काउन्सिललाई लेखी पठाउने निर्णय भएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैवीच आयोगबाट विज्ञप्तिमा  जारी भएको केहि समय पछि नै सञ्चार सम्वद्ध संघ संस्था तथा सञ्चार क्षेत्रका अगुवा व्यक्तित्वहरुले आयोगको प्रस्तुत कदमको विरोध गरेको छ ।

साथमा यो पनि