बिहिबार, बैशाख १३, २०८१

सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिको सचिव ज्ञवाली आरोप

भक्तपुर श्रावण ९,  नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफनो  भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन नखोजेको आरोप लगाउनु भयो ।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले नेकपा एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताउनु भयो ।

उहाँले स्थानीय तहको निर्वाचनको स्मरण गर्दै भरतपुर घटनाका दोषी सरकारले कारवाही गर्न नसकेको आरोप लगाउनु भएको छ । उहाँले यस घटनामा अदालत समेत कहि कतैबाट प्रभावीत भैरहेको आशंका समेत गर्नु भयो । उहाँले सत्तारुढ दलकै कारण समयमै मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै यो सरकारको कुनै औचित्य नभएको बताउनु भयो । उहाँले एमाले संविधान संशोधन विरोध नभएको प्रष्ट पार्दै सचिव ज्ञवालीले सत्तारुढ दल एमालेसँगको सल्लाह बिनै मनोमानी रुपमा अघि बढेको बताउनु भयो ।

तोकिएकै समयमा प्रदेश नं २ र अन्य दुई तहको निर्वाचन हुनुपर्ने भन्दै उहाँले यी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा उदाउने दाबी गर्नु भयो । निर्वाचन किस्ताबन्दीमा नभई प्रदेश र संसदको निर्वाचन एउटै समयमा गर्नुपर्ने भन्दै उहाँले यसका लागी एमाले तयार रहेको जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।