बिहिबार, चैत्र १५, २०८०

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगन

काठमाडौं आषाढ १८, व्यवस्थापिका– संसदको आज बसेको बैठक सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगन गरिएको छ । आजको बैठकमा सभामुख ओनसरी घर्तीले एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद लिम्बूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेपछि उक्त प्रस्ताव सर्वसम्मतिले Captureपारित गर्नुको अलावा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

सांसद लिम्बूको गत आषाढ १० गते ६० वर्षका उमेरमा अर्बुद रोगका कारण धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो । संसद्को अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।