बिहिबार, बैशाख १३, २०८१

शुक्रवार पूर्वराजा ज्ञानेन्द्रको ७१ औं जन्मदिन भव्यरुपमा मनाउँदै (महत्वपूर्ण दस्तावेज सहित)

राष्ट्रिय एकता अखण्डताको लागि सर्वत्र राजसंस्था आवश्यक भएको ठहर

काठमाडौ आषाढ २१ , पूर्व राजा राजा ज्ञानेन्द्र शाहले आगामी आषाढ २३ गते आफ्नो ७१ औ जन्मोत्सव मनाउँने भएको छ । मुलुकमा ०६५ ज्येष्ठ १५ गते संविधानसभाबाट गणतन्त्र घोषणा भएपछि सोही महिनाको २९ गते नारायणहिटी राजदरबारबाट वाहिरिएर पूर्व राजा हुनु भएका तत्कालीन राजा ज्ञानेन्द्र शाहले   यो 20150722_anup_1राजसंस्था वाहिर रहेर मनाउँन लागिएको ९औं  जन्मोत्सव हो ।  प्रस्तुत जन्मोत्सव मनाउँन अहिले नागरिक स्तरबाट डा.रामभक्त विवी ठाकुरको संयोजकत्वमा शुभ जन्मोत्सव नागरिक  मुल समाहरो  समिति गठन गरिएको छ ।   समितिले आगामी शुक्रवार मनाइने जन्मोत्सवका क्रममा राजधानीको महाराजगञ्जस्थित जिवनकुञ्जबाट विशेष     जनर्याली सहित पूर्वराजा शाहको सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दै उहाँप्रति शुभकामना दिने लगायतका विभिन्न कार्यक्रममको आयोजना गर्ने  भव्य  तयारी गर्दै गरेको थाहा भएको छ ।

यसैवीच मुलुकमा गणतन्त्र घोषणा हुनु पूर्व राजतन्त्र राष्ट्रिय एकता अखण्डताको परम्परागत प्रतिकका रुपमा रहेको राजसंस्थाको जग भत्किएसंगै मुलुकमा नजानिदो रुपमा एक पछि अर्को गर्दै भुकम्पका परकम्पन जादै गरेको यत्र तत्र सर्वत्र अनुभुत गरिएको अवस्था छ । जुन परकम्पनका कारण मुलकमा अहिले जातीय सदभावदेखि राष्ट्रिय एकता अखण्डता र धार्मिक सदभाव खलवलिनुको अलावा तराइलाई नेपालबाट अलग्याउने मात्र होइन विदेशी शक्ति केन्द्रहरुको खुलेआम हस्तक्षेप बढेका छन ।  त्यसमाथि पनि पूर्व राजले विभिन्न अवसरमा जारी गर्ने वक्तत्व्यबाट समेत अत्तालिने गरेका यहाँका राजनैतिक मसिहा भन्ने दलीय नेताहरुले मुलकप्रति देखाएको अनुत्तरदायि प्रवृतिका कारण राष्ट्रियताको सवालमा समेत अहिले गम्भिर समस्या सिर्जना भएका छन ।

राजनैतिक दल र ति दलका नेताका कारण अहिले मुलुकको  विद्यमान अवस्थालाइ  विष्लेषण गर्ने हो भने हो न हो यो मुलुक आफैमा गम्भिर संकटबाट गुज्रिरहेको सहजै वोध गर्न सकिन्छ । उदाहरण लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाले भारतसँग जुन परराष्ट्र सन्धि गरें त्यस सम्झौता मुताविक  अब विश्व सामु भारतको निर्देशन बमोजिम कुटनीतिक भाषा बोल्नु पर्नेछ र भारतको खटन पटन आवश्यक बनाइनु  यसको ज्वलत् प्रमाण हो भन्न कुनै धक मान्नु पर्ने अवस्था छैन र देखिदैन पनि ।

 नत अहिले मुलुकमा राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडीएको छ” भनेर २०३३ सालमा अनेकौ हण्डरका वावजुद पनि प्रवासबाट स्वदेश फिर्ने वीपी कोइराला जस्ता नेता छन नत राष्ट्रिय एकताकालागी भूमिका खेल्न सक्ने नेता नै ।  मुलुकको तत्कालीन   विषम परिस्थितमा वीपीले राजासंस्था प्रतिको मान्यता खुलेर आफ्नो आत्माकथामा उल्लेख गर्नु भएको यो पंक्ति आज आफैमा महत्वपूर्ण एवम समयसापेक्ष सावित भएका छन ।   त्यस्तै नेपाली राजनीतिलाई मार्गदर्शन गर्ने बीपीका यी भनाइको मर्म बुझ्न सके तिनले अहिले पनि निकास पहिल्याउन मद्दत गर्ने विश्वास गर्न सकिन्छ ।  बीपीले राजनीति नागरिक अधिकार, राष्ट्रियता र आर्थिक, सामाजिक समानताकै सेरोफेरो भन्दा बाहिर गएर कुनै निर्णय गरेनन्, कुनै सम्झौता गरेनन् । अर्कातिर  जस्तोसुकै जोखिममा पनि दृढताका साथ उभिएर बीपीले  राजसंस्था ,राष्ट्रिय एकता र अखण्डता बढ्दो   विदेशी शक्ति केन्द्रको दवाव एवम् हस्तक्षेपको  सवालमा  दिएको  अभिव्यक्ति  आफैमा मननिय रहेको  छ ।  

तर अहिले  नेता प्रति जनताको यति वितृष्णा जागेको छ कि उनीहरु नामै सुन्न रुचाउँदैनन । दलहरुले पार्टी कार्यकर्ता मात्र होइन जनता नै गुमाएको स्थिति छ । त्यतिमात्र नभएर  दलहरुले   छिमेकी मित्र राष्ट्रदेखि नेपाली सेना समेतको विश्वास गुमाएका कारण अहिले राष्ट्रियता र राष्ट्रियता अखण्डताका लागि जनता माझ दिनानुदिन राजसंस्थाको आवश्यकता र औचित्यको सवालमा बहस र राजसंस्था प्रति जनताको झुकाव बढ्नुको  अलावा मुलकमा गणतन्त्र स्थापनापछि राजसंस्था सदाका लागि समाप्त भयो भन्ने ठान्ने शक्तिहरु मात्र होइन राजसंस्था फ्याँक्न अहम भुमिका निवार्ह गर्ने माओवादी र भारतले समेत नेपालमा राजसंस्थाको आवश्यकता औल्याई रहेका छन् ।

लोकतन्त्रका नाममा लुटतन्त्र देशमा मच्चिदै जाँदा पूर्वराजाप्रति जनताको झुकाव हवात्तै बढेको जानकारहरुको दावी रहेको छ । नेपालको सार्वभौमसत्तालाई सुदृढ राख्न, राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रका बीचमा समन्वय र संतुलन राखेर यहाँका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण र सम्वर्धन गर्न पनि राजतन्त्रको आवश्यकता रहेको सर्वत्र महसुस गरिएको छ ।  त्यसो त ०६२–०६३ को जनआन्दोलनको म्याण्डेट राजसंस्था र हिन्दू राष्ट्र फ्याँक्ने थिएन । राजा गलत हुनसक्थे राजसंस्था गलत थिएन । एजेण्डाविहिन अवस्थामा तत्कालीन प्रम गिरिजाप्रसाद कोइराला र प्रचण्डको राष्ट्रपति बन्ने महत्वकांक्षाले मुलुक अहिले जसरी दिशाविहीन र धरासायी भएको छ । त्यसको  उठान विन्दु भनेको  राजस्थाको पुर्नस्थापना नै हो भन्ने जनभाव   प्रति मुलकका नेताहरुले देखाएको उपेक्षासहितको   अर्कमण्यता आज गणतन्त्र स्थापना भएको लामो समय बितिसक्दा पनि राजनैतिक स्थायित्व दिन नसक्नु भनेको राजनैतिक दलहरुको असफलता मात्र होइन जनता प्रतिका गद्धारी सावित  भएको  छ।

यद्यपी पछिल्लो समयमा मुलकका केहि नेताहरुले नेपालमा राजसंस्था आवश्यक छ, तर कस्तो प्रकारको राजसंस्था त्यो नेपाली जनताको चाहनामा निर्भर गर्छ भन्ने सवालमा अपौचारिक  वा अनौपचारिक अभिव्यक्ति यदाकदा नदिएको होइन तर यो अभिव्यक्ति सार्थक बन्न नसक्दा केहि समस्या सिर्जना भएको मात्र हो । गल्ती भए सच्चिने मौका जो कसैलाई पनि दिनुपर्छ । गल्ती जहाँबाट भएको हो त्यहीबाट सुधार हुनुपर्छ नेपालमा लोकतन्त्र सहित पनि राजसंस्था रहनसक्छन् ,त्यस्ता मुलुकहरु विश्वमानमानचित्रमा रहेको यर्थातलाइ कदापि विर्सनु हुन्न । नेपाल रहे नेपाली रहन्छ यदि नेपालनै नरहे …..

यसै प्रसंगमा पूर्वराजा ज्ञानेन्द्र शाहले नव वर्ष लगायत विभिन्न अवसरमा जारी गर्नु भएको सन्देसमा समेटिएको भावार्थको गहन रुपमा मनन र विश्लेषण गर्ने हो भनेपनि मुलुक र मुलुकको यर्थात आफैमा सूर्यको प्रकाश जस्तै छर्लङग हुन्छ  
१. सबै नेपालीलाई राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन पूर्वराजा शाहको आह्वान

२. प्रजातन्त्रको अनुभुति गर्न पाएको छ कि छैन भनेर आफैलाई प्रश्न गर्ने समय आएको छ :पूर्वराजा   ज्ञानेन्द्र शाह

३. प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म विपरितका ब्यवहार राजनीतिक तहबाट प्रकट भईरहेको आरोप पूर्वराजाको आरोप

. नेपाली भूलोकमा सबैलाई “सबैको हित गरौं” भन्ने दिव्य आदर्श दिन सकोस्स् पूर्वराजा ज्ञानेन्द्र

५. पूर्वराजा ज्ञानेन्द्रद्दारा जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन नभएकोमा चिन्ता व्यक्त

 –एस .जे