बिहिबार, बैशाख १३, २०८१

शवदाह गृह बन्द, कोषका उपनिर्देशक सहितको टोली भारततर्फ

pashupatiकाठमाडौं आषाढ २५ , पशुपति क्षेत्र विकास कोषले दुई वर्षअघि सञ्चालनमा ल्याएको इलेक्ट्रोनिक शवदाह गृह बन्द भएको छ । मेसीनमा खराबी आएपछि दुवै शवदाह गृह बन्द भएका हुन् ।

शवदाह बन्द भएको बहानामा पशुपति क्षेत्र विकास कोषले ९ जनाको टोलीलाई घुम्न भारतको कोलकता पठाएको छ । कोषले कोलकतास्थित इन्टोमेन कम्पनीसँग खरिद गरेको मेसीनको तीन वर्ष ग्यारेन्टी छ ।

कम्पनीले मर्मत सम्भार गर्नुपर्ने सम्झौता गरेपछि कोषका उपनिर्देशक राजेन्द्रधर उपाध्यायको टोलीमा १० सदस्य त्यसतर्फ प्रस्थान गरेको खवर आजको समाचार पत्र दैनिकमा प्रकाशित रहेको छ ।