शुक्रबार, चैत्र १६, २०८०

शर्माविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दा यथास्थितिमा राख्न विशेषलाइ सर्वोच्चको आदेश

बन्दी प्रत्यक्षीकरणको  रिटको सुनुवाईमा भने पूर्ण इजलासले गर्ने

काठमाडौं श्रावण ४ , सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंहको सयुक्त इजलासले आन्तरिक राजस्व विभागका महानिर्देशक high Court_चुडामणि शर्माविरुद्ध अख्तियारले विशेष अदालतमा दर्ता गरेको भ्रष्टाचारको मुद्दा यथास्थितिमा राख्न आदेश दिएको छ।

तर शर्माकी श्रीमती कल्पना शर्माले गत मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको अन्र्तगत शर्मालाइ  गैरकानुनी थुनामा राखिएको भन्दै दायर गरेको रिटको सुनुवाईमा भने  बहसको क्रममा संवैधानिक प्रश्न उब्जिएको जनाउ दिदै उक्त मुद्धाको छिनोफानो पूर्ण इजलासले गर्नुपर्ने आदेश दिएको छ ।