बिहिबार, बैशाख १३, २०८१

विपद् व्यवस्थापनमा युवाहरुको भूमिका महत्वपूर्ण

ललितपुर श्रावण ७, ललितपुर महानगरपालिका, एनसेट, क्योटो विश्वविद्यालय तथा संयुक्त राष्ट्रसंघ विश्वविद्यालयको सहकार्यमा आज विपद् व्यवस्थापनमा IMG_0489_sjh_bipad byabasthan lalitpurयुवाहरुको भूमिका विषयक कार्यशाला गोष्ठीेको आयोजना गरिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एक औपचारिक कार्यक्रमकावीच सुभारम्भ गर्नु भएको उक्त गोष्ठीमा उपमेयर श्रीमती गिता सत्यालले आफ्नो भनाई राख्दै विपद व्यवस्थापनका लागि अपनाउँनु पर्ने आवश्यक पू���्व तयारी सहित गोष्ठीबाट प्राप्त हुने अवधारणा कार्यान्वयनका लागि  महानगर सदैव तयार रहेका बताउँदै  विपद व्यवस्थापनमा  युवाहरुको  महात्वपूर्ण भूमिका हुने बताउँनु भएको   प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै ललितपुर महानगरपालिका विपद व्यवस्थापन शाखाका विजय उपाध्यायले विपद व्यवस्थापन समिति कसरी बन्छ ? यसले के गर्ने ? कसरी गर्ने ? यसमा को को सहभागी हुने ? भन्ने विषयमा आफ्नो अवधारणा पत्र प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा ललितपुर प्रहरी प्रभागका निरीक्षक प्रकाश थापा विपद् व्यवस्थापन समिति वडा नं. १६ का संयोजक दिलिप जोशी लगायतले विपद् व्यवस्थापन उचित तवरले गर्न सकेमा यसबाट हुने क्षति ८०% सम्म कम गर्न सकिने बताउँनु भएको थियो ।