मङ्लबार, बैशाख ११, २०८१

विधेयक पारित गराउन अन्तिम कसरत, साना दललाई आकर्षक मन्त्रालय

काठमाडौं आषाढ २६, सरकारले व्यवस्थापिका–संसदमा एकदुई सिट भएका साना दललाई सरकारमा सहभागी गराएर गराएको संविधान संशोधन विधेयक पारित गराउन अन्तिम कसरत थालेको छ ।  हाल सत्तासीन दलबाट मात्र संशोधनका पक्षमा दुई तिहाइ नपुग्ने भएपछि सरकारमा सहभागी मुख्य दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको विपक्षमा रहेका तर एकदुई सांसद भएका साना दललाई सरकारमा सहभागी गराएर संशोधनको पक्षमा दुई तिहाइ पु¥याउने Nepal_consitisuion_476584254अन्तिम कसरत थालेको समाचार आजको राजधानी दैनिकले छापेको छ ।

सरकारमा सहभागी एक मन्त्रीले गत शुक्रबार सरकार पक्ष तथा आन्दोलनरत राजपाका शीर्ष नेताहरूको बालुवाटारमा भएको छलफलमा संशोधन निर्णयार्थ पेस गर्ने समझदारी जुटेपछि साना दललाई सरकारमा ल्याएर दुई तिहाइ पु९याउने अभ्यास तीव्र बनेको हो । उनका अनुसार प्रधानमन्त्री शेरबहादुृर देउवाले शनिबारबाटै साना दलसँगको छलफल तीव्र बनाएका छन् । केही दलले सरकारमा सहभागी भएर संशोधनको पक्षमा मत हाल्ने संकेत समेत गरेपछि सरकार हौसिएको छ ।

छलफलमा राजपा र राप्रपाका नेताले संशोधनका पक्षमा दुई तिहाइ पु९याउन भूमिका खेल्ने बताएपछि सरकार साना दलप्रति आशावादी बनेको हो । ‘मिति त तय भएको छैन तर विपक्षमा रहेका एकदुई सिटे दलका नेताहरूलाई पनि आकर्षक मन्त्रालयसहित सरकारमा ल्याउने तयारी भएको छ । उहाँहरू सरकारमा आउन र संशोधनमा सघाउन तयार हुनुहुन्छ, एक साताभित्रै संशोधन हुने गरी सरकार विस्तार हुन्छ,’ एक मन्त्रीले भने ।  प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई संशोधनका पक्षमा सरकार दृढ भएर लागेको र जसरी पनि संशोधन गराएरै छाड्ने भन्दै गत शुक्रबार बालुवाटार बसेको बैठकमा आश्वस्त पारेका थिए ।