शुक्रबार, चैत्र १६, २०८०

लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी अब बसपार्कबाट मात्रै सञ्चालन गरिने

काठमाडौ आषाढ २१,  यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखा वीच भएको बैठकले उपत्यकाको सवारी साधनलाई व्यवस्थित बनाउन भन्दै लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधन अब गोँगबु तथा पुरानो बसपार्कबाट मात्र आगमन तथा प्रस्थान गर्ने व्यवस्था मिलाउँने नितिगत सहमति कायम गरेको छ ।

Captureविभागका महानिर्देशक रुपनारायण भट्टराईको अध्यक्षतामा आज विभागअन्तर्गतका कार्यालय र ट्राफिक महाशाखाका प्रमुखसहित बसेको बैठकले लामो दूरीका सवारीसाधन यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँठाउँमा जाम हुने गरेको अवस्थालाइ दष्टिगत गर्दै यस्तो व्यवस्था मिलाउँने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
प्रस्तुत व्यवस्था अनुसार लामो दूरीका सवारीसाधन अब उपरान्त उपत्यकाभन्दा बाहिरबाट आउँदा कलङ्कीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलङ्कीबाट सिधा बाहिरिनुपर्ने व्यवस्था गरेको जनाउँदै उक्त नियम लागू नगर्ने सवारी साधनलाई कारबाही गरिने भएको छ ।