बुधबार, बैशाख १२, २०८१

लभ यू फरेभरको चर्चासंगै गायक कार्कीलाइ लण्डन बेष्ट सिङ्गर २०१७ सम्मान

शंकर श्रेष्ठ/ श्रावण ७ ,  नेपाली साङ्गीतिक आकाशका एक अमर नक्षेत्र हुन् गायक आनन्द कार्की । विगत ३ दशकदेखि निरन्तर रुपमा नेपाली साङ्गीतिक दुनियाँमा मीठा मीठा गीतहरू छोड्न सफल गायक कार्की गजल गायनलार्इ नेपालमा भित्र्याउने पहिलो गायक हुन् । कतिपयले उनलार्इ नेपालमा गजल गायनका पिता पनि IMG_0474भनेर सम्बोधन गर्ने गर्छन् । गायक कार्कीको हाल सम्म १५ वटा एल्बममध्ये १० वटा सुमधुर गीतहरू संग्रह गरिएको पछिल्लो एल्बम लभ यू फरेभर अहिले बजारमा निकै चर्चाको शिखरमा रहेको छ ।

 लण्डन बेष्ट सिङ्गर २०१७ सम्मान ग्रहण गर्न लण्डन पुगेका गायक अहिले त्यहाँ आयोजित विभिन्न साङ्गितिक कार्यक्रममा व्यस्त रहेका छन् । लण्डन बसाइको क्रममा गायक कार्की नेपाली राजदुतावासद्वारा महामहिम राजदूत डा। दुर्गाबहादुर सुवेदीज्यूको निमन्त्रणामा आयोजित रात्रीभोजमा समेत सहभागि भएको हाम्रा सहकर्मीले जनाएको छ । लण्डनस्थित विभिन्न स्थानीय रेडियो तथा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा गायक कार्कीले मेरो यो भ्रमण पूर्णतया साङ्गीतिक नै रहने छ, यहाँ बसोवास गर्ने मेरा प्रिय मित्र तथा स्रोता तथा दर्शकहरूको आग्रहमा आयोजित विभिन्न साङ्गीतिक कार्यक्रममा सहभागि हुने बताउँदै त्यसक्रममा मिस यू के नेपाल २०१७ मा पनि विशिष्ट जजका रुपमा उनले आफ्नो सहभागिता जनाएका छन् ।