शुक्रबार, बैशाख १४, २०८१

यूएनडीपीको सवारी साधनमा व्यक्त्तिको रजाइ, यूएनडीपी प्रशासन वेखवर

काठमाडौं आषाढ ३१ , संयुक्त्त रास्ट्र संघ अन्तर्गत यूएनडीपीको नीलो सिडी नम्बर भएको सवारी साधनमा व्यक्त्तिले रजाइ बढ्दो रहेको  पाईएको छ ।  प्राप्त undpसमाचारमा उल्लेख भएअनुसार युएन मै कार्यरत पूर्व ड्राइभर कृष्ण हरि श्रेष्ठको चलखेलमा सवारी साधनमा व्यापक चलखेल सहित यो वा त्यो वहानामा व्यक्तिको रजाइ बढ्दै गएको बुझिएको छ ।

कमिसनको भरमा कृष्ण हरिले कूलेश्वोर निवासी मारवाडी विश्वनाथ प्रताप गुप्तालाई 6611829, 6611030, 661131 सिडी नम्बरको हाइलक्स गाडी निजी प्रयोगको लागि उपलब्ध गराउँदै आएको र त्यसै गरी त्रिपूरेश्वर निवासी सुमन प्रधानले पनि श्रेष्ठकै सहयोगमा थप दुई वटा गाडी व्यक्ति गत हिसाबले चढिरहेका यर्थातप्रति यूएनडीपी प्रशासन वेखवर रहेको बताईएको छ ।