बिहिबार, बैशाख १३, २०८१

यस्तो छ मन्त्रीपरिषद विस्तारको दलीय भागवण्डा

काठमाडौं श्रावण १०,  आज साँझसम्म हुने भनिएको मन्त्रिपरिषद विस्तार भोलि बुधबारका लागि सारिएको छ । सत्ता साझेदार माओवादीकेन्द्रले मन्त्रालय सहित नयाँ मन्त्रीको नामावली प्रम देउवालाइ बुझाएपनि नेपाली कांग्रेसभित्र मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रीपरिषद विस्तारले पूर्णता पाउँन नसकेको हो ।

pm-office-11012017102857-600x0यद्यपी बुधवार हने मन्त्रिपरिषद विस्तारमा दलीय भाग भागवण्डा यस्तो रहेको छ। प्रमुख सत्तारुढदल नेपाली काँग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सहित अर्थ, श्रम तथा रोजगार, शिक्षा , भौतिक पूर्वाधार, सञ्चार, सिँचाई, रक्षा, गरिबी निवारण तथा सहकारी, खेलकुद ,कानुन, कृषि, वाणिज्य र खानेपानि तथा सरसफाई मन्त्रालयको सिजम्मेवारी सम्हाल्ने भएको छ भने सत्ता साझेदार माओवादी केन्द्रले परराष्ट्र, गृह, सहरी विकास , ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन, पशुपंक्षी, आपूर्ती र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ।

त्यस्तैगरि फोरम लोकतान्त्रिकले संघीय मामिला तथा स्थानीय विकास , पर्यटन र भूमीसुधार मन्त्रालयको नेतृत्व गर्ने भएको छ । नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालयको नेतृत्व गर्ने भएको छ ।