बुधबार, बैशाख १२, २०८१

यस्तो छ एमालेका १४ जिल्लाका जिसस प्रमुख र उपप्रमुखका उम्मेदवार

प्रदेश नं. ३ का उम्मेदवारको जिसस प्रमुख र उपप्रमुखका उम्मेदवार तोक्ने जिम्मेवारी संयोजक अष्टलक्ष्मी शाक्यलाई

काठमाडौं श्रावण १५ , नेकपा एमाले स्थायी कमिटीको बैठकले स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र Captureउपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । त्यस्तै बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारीको निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज निर्णय गरिएका १४ जिल्लाहरु क्रमस: 

रामेछापः प्रमुख प्रमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन

रसुवा : प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी

मकवानपुर: प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी

भक्तपुर :  प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर

डोल्पा :  प्रमुख शेरबहादुर बुढा

सल्यान : उपप्रमुख कुलबहादुर गिरी

कालिकोट  :   प्रमुख प्रेममबहादुर शाही, उपप्रमुख सरिता आचार्य

जाजरकोट  :  प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही

हुम्ला  :  उपप्रमुख खगेन्द्र कार्की

सुर्खेत  :  प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल

मुगु  :  प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल

खोटाङ  : प्रमुख बबी चाम्लिङ,   उपप्रमुख चित्रकला बराइली

बझाङ  :  प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी   रहेका  छन ।    त्यस्तै काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वसंग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसग परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं.  ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको उल्लेख  गरिएको छ ।   त्यस्तै विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै मित्रराष्ट्र चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चीनिया कम्युनिस्ट पार्टी तथा चिनिया“ सरकारका प्रतिनिधिहरूस“गको भेटघाटका क्रममा भएका विषयवस्तुहरूको बारेमा बैठकलाई जानकारी दिदै नेपाल र चीनका बीचमा व्यापारिक सम्बन्ध कायम रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालन गर्न चिनियाँ सरकारको ध्यानाकर्षण समेत गराएको उल्लेख गरिएको छ ।