बिहिबार, चैत्र १५, २०८०

मिस एयरहोस्टेज नेपाल २०१७ को फाइनल अडिसन १४ गते

काठमाडौं श्रावण ८, मिस एयरहोस्टेज नेपाल २०१७ को फाइनल अडिसन यहि आउदो श्रावन १४ गते मुड्स रेस्टुरेण्ट ब्लुबर्ड मल थापाथलीमा हुने भएको छ । फेशन ट्रेण्ड नेपाल द्वारा आयोजित तथा शाहरा ईन्टरनेशनल एयरहोस्टेज एकेडेमीको प्रस्तुतिमा हुन गईरहेको यस प्रतियोगिताको पहिलो र दोश्रो अडिशन भने 20187277_1873229782997340_433402811_oसम्पन्न भईसकेको छ  मिस एयरहोस्टेज नेपाल २०१७ को फाइनल अडिसन भने श्रावन १४ गते मुड्स रेस्टुरेण्ट ब्लुबर्ड मल थापाथलीमा बुहान ११ बजे देखि २ बजे सम्म हुने आयोजक सस्थाले जनाएके छ ।

उक्त प्रतियोगिता छनौट भएका प्रतिस्प्रधीहरुले भबिष्यमा नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रर्धा मा समेत प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको कुरा आयोजक सस्थाले गराएको छ । शाहरा ईन्टरनेशनल एयरहोस्टेज एकेडेमीले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक युवतीहरुले शाहरा ईन्टरनेशनल एयरहोस्टेज एकेडेमीको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन । उक्त प्रतियोगिताको बिजेताले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा लगायत चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागि हुन पाउनुको अलावा एयरहोस्टेज बन्नमा पनि सहयोग पाउने भएका छन ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने आयोजकले जनाएको छ ।