शुक्रबार, चैत्र १६, २०८०

भारत उत्तराखण्डको पहिरोमा परी तीन नेपालीको मृत्यु, दुई घाइते

काठमाडौं आषाढ २२, भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिल भनेस्थानमा पहिरो जाँदा भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा फर्किदै गरेको जिपमा सवार तीन नेपालीको र ३ भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना नेपाली घाइते भएका छन् ।

यसरी पहिरोमा परि मृत्यु हुनेमा पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेको दार्चुला प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।